काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन्।
मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको बताए।
घाइतेहरूले आफ्ना मागहरू पूरा गर्न मन्त्री पुनसँग माग गरेका छन्। भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी छ।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया