काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेताहरूले शनिबार काठमाडौंको माइतीघरमा सांकेतिक मौन प्रदर्शन गरेका छन्।
जेन–जी आन्दोलनलाई उपलब्धिविहीन बनाउन खोजिएको भन्दै उनीहरूले मौन प्रदर्शनमार्फत असन्तुष्टि प्रकट गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले क्रान्तिको भावना विपरीत नजान र शहीदहरूको बलिदानलाई बेवास्ता नगर्न अन्तरिम सरकारलाई चेतावनी दिएका छन्। साथै, आन्दोलनका क्रममा दमनमा संलग्नहरूलाई अझै कानुनी दायरामा नल्याइएकोमा चिन्ता पनि व्यक्त गरे।
राप्रपाका केन्द्रीय सदस्य खुुस्बु ओलीले आन्दोलनका मूल भावना र जनआकांक्षालाई बेवास्ता गर्दै अन्तरिम सरकार अघि बढ्न खोजेको भन्दै त्यसप्रति ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताइन्।
प्रदर्शनमा सहभागीहरूले ‘महँगो र विखण्डनकारी प्रदेश व्यवस्था खारेज गर’, ‘७५ जनाको बलिदान, फेरि यही संविधान ?’, ‘देशलाई दुर्घटनाबाट जोगाउन नयाँ समझदारी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया