एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा मनसुनी बाढीबाट ४२ लाख भन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै दक्षिणी जिल्लाहरूमा धेरै असर पारेको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसएचए) ले जनाएको छ ।

सेप्टेम्बर ८ देखि १८ सम्म प्रदेश सरकारसँगको संयुक्त सहकार्यमा गरिएको सर्वेक्षणमा बाढी प्रभावित १८ जिल्लाका करिब २ हजार गाउँलाई समेटिएको जनाइएको छ ।

advertisement

यस सर्वेक्षणले लगभग २८ लाख मानिस विस्थापित बनाएको लगभग एक लाख ६१ हजार ७०० घरहरू क्षतिग्रस्त भएको तथा स्वास्थ्य र शिक्षाका पूर्वाधारमा व्यापक क्षति पुगेको देखाएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुन २६ देखि सेप्टेम्बर १९ का बीचमा देशभर करिब ३० लाख मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । बाढीका कारण १२ हजार ५५९ घरहरू क्षतिग्रस्त हुनुका साथै छ हजार ५०९ वस्तुहरूको ज्यान गएको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री शाहबाज सरिफले बाढीमा ज्यान गुमाउनेहरुको परिवारका लागि अनुदान रकम दोब्बर गर्ने घोषणा गर्दै १० लाख बाट बढाएर २० लाख रुपैयाँ पुर्याएका थिए ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com