काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त हिल्टन होटलको स्थलगत निरीक्षण गरेका छन्।

शनिबार मन्त्री खनालले नक्सालस्थित होटलमा पुगेर क्षतिको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेका हुन्।

advertisement

करिब आठ अर्ब रुपैयाँको लगानीमा बनेको हिल्टन होटल २०८१ साल साउन १८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो। सुरु भएको एक वर्षमै होटल ठूलो क्षतिको चपेटामा परेको हो।

आगजनीपछि होटलको माथिल्लो तलासम्म धुँवाले कालो परेको छ। झ्यालका सिसा फुटेका छन् भने भित्री सजावट र फर्निचरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। जलेका केही फर्निचर र सामग्री अहिले पनि सडक छेउमा थुप्रिएका छन्।

हिल्टन विश्वकै प्रमुख होटल चेनमध्ये एक हो, जसअन्तर्गत लक्जरीदेखि बजेट स्तरका ६ हजार २ सयभन्दा बढी होटल र रिसोर्ट सञ्चालनमा छन्। ‘हिल्टन’ ब्रान्डलाई विश्वकै अग्रणी प्रिमियम होटल ब्रान्डका रूपमा मानिन्छ।

काठमाडौंमा हिल्टन होटल शंकर ग्रुपले सञ्चालनमा ल्याएको हो। होटल नेपाल प्रहरीको केन्द्रीय कार्यालय नजिकै नक्सालमा अवस्थित छ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com