सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराई जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यान र दाङको सीमा नजिक कपुरकोट गाउँपालिका–३ को चोरखोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

advertisement

प्रहरीका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन। यस्तै दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्।

५ जना सवार गाडी बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि नेपालगन्ज रेफर गरिएको छ।

गाडी सडकदेखि ४०० मिटर तल खसेको छ। घाइते हुनेमा १ महिला १ पुरूष रहेका छन्।

 

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com