दुबइमा जारी एसीसी मेन्स टी–ट्वान्टी एसीया कप क्रिकेटको उपाधिका लागि आज दक्षिण एसियाका मुख्य दुई टोली भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।
फाइनल खेल राति सवा ८ बजेबाट सुरु हुनेछ ।
सुपर फोर समिकरणको तेस्रो खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले पराजित गरेपछि भारतसँगको उपाधि भिडन्त तय गरेको थियो ।
आजको खेललाई विशेष महत्वका रुपमा हेरिएको छ । यी दुई ठूला देश पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । दुई मुलुकबीचको सम्बधका कारण पनि खेललाई विशेष चर्चा गरिने गरेको छ ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार












प्रतिक्रिया