काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टीभित्र नेतृत्व विचारको बलमा नै स्थापित हुने बताएका छन्। उनका अनुसार अब माओवादी केन्द्रमा जसको सोच र दृष्टि दृढ हुन्छ, नेतृत्व पनि स्वाभाविक रूपमा त्यसकै हातमा पुग्नेछ।

गजुरेलले माओवादी केन्द्रको बैठक महाधिवेशन गर्ने निष्कर्षसहित सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै भनेका छन्, ‘कमरेड प्रचण्डको सहमतिसहित नयाँ नेतृत्व लिन खोजिएको प्रयास सफल नभएपछि अब आकांक्षीहरूले आफूले के गर्नुपर्छ भन्ने कुरा आफैं बुझ्नुपर्ने बेला आएको छ।’

advertisement

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कुनै व्यक्तिको हातमा छैन। त्यो निर्णय आगामी महाधिवेशनले गर्नेछ।’

गजुरेलका अनुसार माओवादी केन्द्रमा अब व्यक्तिको होइन, विचारको बलले नेतृत्व तय हुनेछ। उनले लेखेका छन्, ‘अहिले नेतृत्वको लोभ होइन, चिन्तनको समय हो। जसको विचार बलियो छ, त्यसको नेतृत्व आपस्मात स्थापित हुन्छ।’

उनले जेनेरेसन–जीले पनि यही बाटो खोजिरहेको उल्लेख गर्दै थपेका छन्, ‘पार्टीलाई वैचारिक स्पष्टता, इमानदारिता र क्षमतासँगै नयाँ दिशातर्फ लैजाने नेतृत्वको आवश्यकता छ।’

गजुरेलले प्रचण्डले नेतृत्व निरन्तरता दिने वा नयाँ भूमिकामा जाने विषय पनि यही वैचारिक आधारमै निर्भर हुने बताएका छन्।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com