काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘जेन–जी’ कुनै व्यक्ति वा संस्था नभई एउटा उमेर समूह (पुस्ता) भएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर साम्पाङले भनेका छन्, ‘जेन–जी व्यक्ति होइन, संस्था होइन — यो एउटा पुस्ता हो, उमेर समूह हो।’
उनले कतिपयले आफूलाई ‘जेन–जीको नेतृत्व’ भनेर प्रस्तुत गर्न खोजेको प्रसङ्गमा टिप्पणी गर्दै लेखेका छन्, ‘कसैले पनि ‘म नेतृत्व हुँ’ भनेर हावा तालमा गफ नहान्नू। सहिदहरूले चाहेको जस्तो शासन अहिले पनि आएको छैन।’

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार













प्रतिक्रिया