काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।
आज (आइतबार) सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी ७० रुपैयाँ बढेको हो ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार












प्रतिक्रिया