काठमाडौं । नेपाली काँग्रेसका नेता सुनिल कुमार शर्माले जनताको विश्वास, युवाहरूको सपना र बलिदानले जन्माएको लोकतन्त्र माथि खेलवाड गर्ने छुट कसैलाई पनि नरहेको बताएका छन् । केही स्वार्थी तत्वहरू हाम्रो गौरवमय इतिहास र वीरहरूको बलिदानलाई कलंकित गर्ने प्रयासमा लागेको बताउँदै उनले समाजिक सञ्जाल फेसबुकमार्फत न्यायमा आधारित समाज, समान अवसरमा टेकेर अघि बढ्ने शासन व्यवस्था र लोकतन्त्र माथि कसैले खेलवाड गर्ने चेष्टा नगर्न आग्रह गरेका छन् ।

राजनीतिक यात्रामा अब आत्मालोचना र आत्मसुधारलाई अनिवार्य आधार बनाइने बताउँदै उनले लोकतन्त्रको जगमा निर्माण भएको समाज, हाम्रो देशको विगतलाई असावधानी, स्वार्थ, र विभाजनकारी प्रवृत्तिले बिगार्ने खतरा रहेको जनाएका छन् ।

advertisement

पछिल्ल्ला वर्षहरूमा जनताले अपेक्षा गरेको आशाभन्दा बढी निराशा अनुभव गर्नुपरेको बताउँदै नेता शर्माले नेपाली काँग्रेसले यथार्थलाई लुकाउने प्रयास नगरेर बरु आत्मसमीक्षाको साहसका साथ सम्पूर्ण नेपाली जनसमुदाय सामु विनम्रतापूर्वक क्षमा याचना मागेर सत्यप्रतिको निष्ठा र आत्मालोचनाको इमानदार प्रमाण दिने बताएका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com