काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय परिषद्‍का प्रमुखहरु मनोनीत गरेका छन् । राष्ट्रिय परिषद्‍का प्रमुखहरु तोकिएको उक्त दलले जानकारी गराएको छ ।

तमु राष्ट्रिय परिषद कमला कुमारी गुरुङ, नेवा: राष्ट्रिय परिषदमा सुमन सायमी, तामाङ राष्ट्रिय परिषदमा मिङ्गमार तामाङ, लिम्बू राष्ट्रिय परिषद्‍मा रमेश योङ्हाङ, मगर राष्ट्रिय परिषद्‍मा जुनतारा पुन मगर, कोचिला राष्ट्रिय परिषद्‍मा चन्द्रप्रसाद राजवंशी, खस राष्ट्रिय परिषदमा शेरबहादुर शाह, थारु राष्ट्रिय परिषदान चन्द्रकान्त चौधरी र मधेशी राष्ट्रिय परिषदमा अनिलकुमार सिंहलाई प्रमुख तोकिएको छ ।

advertisement

उनीहरुलाई कार्यक्षेत्र र जिम्मेवारी समेत निर्धारण गरिएको राष्ट्रिय मुक्ति पार्टीले जनाएको छ । स्वशासन विधान निर्माण, सांस्कृतिक संरक्षण, संयुक्त राष्ट्र संघको मापदण्ड पालना लगायत छन् ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com