काठमाडौं ।  नेकपा (एमाले)का नेता सूर्य थापाले हालैका घटनाक्रमप्रति तीव्र असन्तोष व्यक्त गर्दै नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका थापाले शीतल निवास, सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा आगजनी भइरहँदा सेना रमिते बनेको टिप्पणी गरेका छन्। उनले भने, ‘सेना नाम नेपाली त छ, तर नेपाल देश र नेपाली जनताको रक्षा किन गरेन? आखिर किन चाहियो?’

advertisement

थापाको यस प्रश्नलाई लिएर सामाजिक र राजनीतिक वृत्तमा बहस सुरु भएको छ। उनका अनुसार राष्ट्रका संवेदनशील संरचना जलिरहेका बेला सुरक्षाकर्मी निष्क्रिय रहनु गम्भीर विषय हो।

नेता थापाले यसबारे सरकार र सुरक्षा निकायले जवाफ दिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com