काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्न पहल गर्ने बताएका छन् ।

आज आफ्नै निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले विगतमा भएका कमीकमजोरीलाई सुक्ष्म ढङ्गबाट समीक्षा गरी पार्टी अघि बढ्ने बताए । उनले यही असोज २६ गते पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने केन्द्रीय समितिको बैठकबाट महाधिवेशनसम्बन्धी विषयले निकास पाउने स्पष्ट गरे ।

advertisement

उनले लोकतन्त्रका पक्षमा जीवनभर लडेका पार्टीका शीर्ष नेताहरूप्रति वितृष्ण फैलाउने काम भएरहेको भनी आपत्ति व्यक्त गरे ।

संसदीय व्यवस्थासहित प्रजातन्त्रका पक्षमा लडेका राजनीतिक दलहरूलाई निषेध गर्न खाजेकाजस्ता चर्चा सामाजिक सञ्जालमा देखिएको उल्लेख गर्दै यदि त्यस्तो भए कांग्रेसलाई त्यो स्वीकार नहुने बताए ।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com