काठमाडौं । ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ आगामी कार्तिक १० गते भारत भ्रमणमा जाने भएका छन् । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री घिसिङको भारत भ्रमण स्विकृत गरेको हो । उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा सहभागी हुन त्यसतर्फ जाने निर्णय भएको हो ।

आजको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले भने,‘‘कात्तिक १० देखि २३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आईएसए० को आठौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ।’ मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गरेको छ

advertisement

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com