काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष बडा दशैंको टीका जमरा नलगाउने भएकी छन् ।
प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘बडा दशैँ प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ। तसर्थ, यसबर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैंको टिका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टिका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार













प्रतिक्रिया