काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका थप एक जनाको निधन भएको छ। नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का ३६ वर्षीय लक्ष्मण राईको उपचारका क्रममा मृत्यु भएको हो।
गत भदौ २४ गतेको प्रदर्शनका क्रममा टाउकोमा गोली लागेका राईलाई तत्कालै बालाजुबाट उद्धार गरी ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। लगातार उपचार भइरहे पनि उनको अवस्था गम्भीर बनेपछि आज बिहान करिब पौने २ बजे निधन भएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले राईको मृत्यु भएको पुष्टि गर्दै हालसम्म जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको जानकारी दिए। तीमध्ये १० जना कैदीबन्दी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार












प्रतिक्रिया