काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय भएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो मुख्य एजेन्डाको रूपमा अघि सारेको छ।

पार्टीको असोज ९–१० गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको निर्णयअनुसार सर्कुलर प्राप्त भएको एक प्रदेश अध्यक्षले रातोपाटीलाई बताए ।

advertisement

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरमा पठाइएको सर्कुलरमा भनिएको छ, ुनिर्वाचन प्रणालीको सम्बन्धमा हाम्रो पार्टीले विगतदेखि उठाउँदै आइरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलहरूको सिफारिसमा विज्ञहरूको

मन्त्रीपरिषद् गठन लगायतका मुद्दाहरू निरन्तर उठाउने ।ुसाथै तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा समेत माओवादीले जोड दिएको छ ।

त्यसैगरी, पार्टीले २०८२ मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ। यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ भने संयोजकमा अध्यक्ष प्रचण्ड चयन भएका छन् । यसैगरी बहुपदको व्यवस्था स्थगन गरी संयोजकको नेतृत्वमा सचिवालय गठन गर्ने निर्णय गरिएको सर्कुलरमा उल्लेख छ ।

बैठकले समाजवादी मोर्चामा रहेका पार्टीहरूबिच अविलम्ब पार्टी एकताको पहल गर्ने र एकता हुने स्थितिमा विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा आयोजना गर्ने निर्णय पनि गरेको छ।

पार्टीले आन्तरिक शुद्धीकरण र सङ्गठनात्मक सुधारका लागि पनि ठोस कदम चाल्ने योजना बनाएको छ। यस अन्तर्गत नेता(कार्यकर्ताहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन, जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्डको कार्यान्वयन, प्रविधिमैत्री कार्यालय र समितिको विकास तथा हरेक समितिमा एक तिहाइ युवा अभ्यासको कार्यान्वयन जस्ता कदम समावेश रहेको सर्कुलरमा उल्लेख छ ।

 

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com