काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले देशभरि दूरसञ्चार सेवा बन्द गरेको छ ।
केही हप्ताअघि उनीहरूले अनैतिकता रोक्नूको नाममा फाइबर अप्टिक इन्टरनेट जडानहरू काट्न थालेका थिए ।
इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सको प्रतिवेदनअनुसार हाल देशमा पूर्ण रूपमा कनेक्टिभिटी ब्ल्याकआउट छ ।
एएफपी समाचार एजेन्सीले राजधानी काबुलमा रहेको आफ्नो कार्यालयसँगको सम्पर्क टुटेको बताएको छ, जसमा मोबाइल फोन सेवा पनि समावेश छ । अफगानिस्तानभरि मोबाइल इन्टरनेट र स्याटेलाइट टिभी पनि गम्भीर रूपमा प्रभावित भएको छ ।
सन् २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नो इस्लामिक शरिया कानुनअनुसार विभिन्न प्रतिबन्धहरू लगाएको छ ।
प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया