काठमाडौं । उपसभामुख इन्दिरा रानाले आगामी निर्वाचन मुलुकलाई स्थायित्व प्रदान गरी र संवैधानिक बाटोमा अघि बढाउने अवसरका रूपमा आएको बताएकी छिन् ।

बडादसैँ २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने नेपालीलाई शुभकामना दिने क्रममा उपसभामुख रानाले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबैसँग अनुरोध गरिन् । ‘निर्वाचनमार्फत जनताको अधिकार प्रत्याभूत गर्ने, लोकतन्त्रलाई सबल बनाउने र जनप्रतिनिधिहरूमार्फत मुलुकको नीतिनिर्माण गर्ने कुरालाई संस्थागत गरिन्छ, आसन्न निर्वाचनलाई सफल बनाउन सम्बद्ध सबै पक्षको सक्रिय सहभागितासहित सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ ।

advertisement

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजाआराधना गरी दसौँ दिनका विशेष अवसरमा टीकाजमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनहरूको हातबाट आशीर्वाद लिई मनाइने महान् चाड दसैँलाई पारिवारिक जमघटको विशेष अवसरका रुपमा लिइने उल्लेख गर्दै उपसभामुख रानाले भनिन्, ‘बडादसैँका पावन अवसरमा सम्पूर्ण नेपाली सुस्वास्थ्य, समृद्धिसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

  • रासस

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com