काठमाडौं । भिडिओ प्लेटफर्म युट्युब अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको मुद्दा समाधान गर्न लगभग २ करोड ४० लाख डलर तिर्न सहमत भएको छ।

सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल हिलमा दंगाताका युट्युबले आफ्नो युट्युब अकाउन्ट बन्द गरिदिएपछि ट्रम्पले उक्त मुद्दा दायर गरेका थिए।

advertisement

जसमा युट्युबको मूल कम्पनी अल्फाबेट (जो गुगलको पनि मालिक हो) ट्रम्पलाई माथि उल्लिखित रकम तिर्न तयार भएको हो।

यसअघि सामाजिक सञ्जाल प्लेटफर्महरू एक्स (पहिले ट्विटर) र फेसबुक पनि ट्रम्पका अकाउन्ट निलम्बन गरेकामा उनलाई भुक्तानी गर्न सहमत भएका थिए।

ट्रम्पले युट्युब र अन्य प्राविधिक कम्पनीहरूलाई राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए।

उनले ती कम्पनीहरूले २०२१ को क्यापिटल दंगापछि कन्जरभेटिभ आवाजलाई अनुचित रूपमा सेन्सर गरेको दाबी गरेका थिए।

त्यतिबेला ती सामाजिक सञ्जाल कम्पनीहरूले भने ट्रम्पको कार्यले अमेरिकामा थप हिंसा भड्काउन सक्छ भन्ने तर्क गरेका थिए।

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com