काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जेन–जी आन्दोलनमा पश्चिमाको गोटी बनेर पर्दा पछाडिबाट खेलेको आरोप लगाएका छन्। विजय दशमी, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रसाईँले हालैको जेन–जी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले आन्दोलन सुरुमा समयसापेक्ष र विचारपूर्ण भए पनि पछिल्लो चरणमा ‘पश्चिमी हस्तक्षेप’का कारण यसको स्वरूप बिग्रिएको बताए। विशेषगरी सिंहदरबार र सर्वोच्च अदालतजस्ता राणाकालीन सम्पदामा आगजनी हुनु नेपाली जनताको लागि अत्यन्तै दुःखद भएको उल्लेख गर्दै प्रसाईँले त्यस्तो बेला नगरपालिका जनप्रतिनिधि र कर्मचारीहरू मौन बस्नु दुखदायी भएको टिप्पणी गरे।

advertisement

प्रसाईँले मेयर साहमाथि पश्चिमी स्वार्थअनुरूप ‘पर्दा पछाडिबाट राजनीति खेलेको’ गम्भीर आरोप पनि लगाए। उनका अनुसार, बारबरा फाउन्डेशनसहितका संस्थामार्फत पश्चिमी प्रभाव नेपालमा प्रवेश गरेको छ, जसको प्रत्यक्ष असर देशको भविष्य र इतिहासमा पर्न सक्ने चेतावनी उनले दिए।

त्यसैगरी, उनले मेयर साहले विद्यार्थी छात्रवृत्ति, एम्बुलेन्स वितरण र सडक बत्ती जस्ता कामलाई आफ्नो निजी सम्पत्तिबाट काम गरेको जस्तो देखाएको आरोप लगाए। राज्यको जिम्मेवारीलाई व्यक्तिगत प्रचारबाजीका लागि प्रयोग गरिएको उनको भनाइ छ।

प्रसाईँले नेपाली जनतालाई सचेत रहन आग्रह गर्दै सिंहदरबारमा भएको आगजनीलाई ‘इतिहासमा अपराधका रूपमा दर्ज हुने घटना’को संज्ञा दिए।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com