काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिएका छन् ।

असोज १६ गते बिहीबार जारी सन्देशमा उनले सत्य, धर्म र न्यायको विजयका प्रतीकका रूपमा मानिने यस पर्वले सम्पूर्ण नेपालीबीच मेलमिलाप, सद्‍भाव र एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन् ।

advertisement

राष्ट्रपति पौडेलले दशैँको दिन मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराले नेपाली समाजलाई अझै घनिष्ठ बनाउने उल्लेख गर्दै मुलुकमा सुख, शान्ति, सुशासन, स्थायित्व र समृद्धिको कामना गरेका छन् ।

उनले दुर्गा भवानीसँग राष्ट्रको कल्याण र प्रगतिका लागि प्रार्थना गरेको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com