काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा पराजित भएको छ ।

कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाललाई मलेसियाले ३ रनले हराएको हो । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

advertisement

अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा कविता जोशी र राजमती ऐरी क्रिजमा रहेपनि ३ रन मात्र जोड्न सके ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन् ।

मलेसियाकी नुर दानिया स्यादाले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् । कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २(२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७ रन बनाइन् । अइना हमिजाले २६ तथा मास एलिसाले २५ रन बनाइन् ।

नेपालकी सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिए । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

 

प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com