काठमाडौं। सामाजिक अभियन्ता आशिका तामाङले आफूले संकलन गरेको आर्थिक सहयोगबारे उठेका प्रश्नप्रति कडा प्रतिक्रिया जनाएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सहयोग नगर्ने व्यक्तिहरू नै हिसाब माग्न अघि सरिरहेकोप्रति आश्चर्य व्यक्त गरेकी छन्।
तामाङका अनुसार सहयोग उपलब्ध गराउने सबै दातालाई उनले प्रत्यक्ष रूपमा, विशेषगरी व्हाट्सएपमार्फत, रकमको विस्तृत विवरण पठाइसकेकी छन्। त्यसैबीच उनले लेखेकी छन्, ‘मलाई पैसा चाहिएको होइन, म त भात खान्छु, पैसा त घाइते र मृतक परिवारलाई चाहिएको हो।’
उनले आफूमाथि अनावश्यक शंका र आरोप लगाइएका कारण दुःख व्यक्त गर्दै, सहयोग संकलन गर्ने उद्देश्य पीडित परिवारलाई राहत पुर्याउनु मात्र भएको दोहोर्याइन्। ‘घाइते भाइहरू र मृतक परिवारलाई जहाँबाट पनि सहयोग जुटाएर पुर्याइरहेकी छु, तर किन मलाई मात्र शंका गर्ने?’भन्ने प्रश्नसमेत उनले उठाइन्।
तामाङले सहयोग गर्न आफैले कसैलाई दबाब नदिएको उल्लेख गर्दै, आरोप लगाउनुअघि वास्तविकतामा सोच्न सर्वसाधारणलाई आग्रह गरेकी छन्।

प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया