काठमाडौं। महोत्तरीको खैरमरामा सोमबार भएको बस दुर्घटनामा घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।

सर्लाही इश्वरपुरका १२ वर्षीय प्रविण खड्काको बर्दिबासस्थित शुभस्वास्तिक अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। खड्का दुर्घटनाग्रस्त बसमै सवार थिए।

advertisement

ना ६ ख १४६४ नम्बरको बस घारीबथानबाट खैरमारा हुँदै काठमाडौं जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो। उक्त घटनामा स्थानीय पैदलयात्री ५५ वर्षीय चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक लक्ष्मिराज जोशीका अनुसार खैरमारा विद्यालय अगाडि पैदलयात्रीलाई बचाउन खोज्दा बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। प्रत्यक्षदर्शी विनय यादवका अनुसार चिया पिएर बाटो काट्न निस्किएका चौधरीलाई जोगाउने क्रममा बस नरिवलको बोटमा ठोकिएको थियो।

प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com