काठमाडौं । लोघेकर दामोदरकुण्ड–२ स्थित घमी खोलामा सडक डाइभर्सन अभाव हुँदा चीनबाट आएका मालबाहक ट्रलीहरू भन्सार कार्यालय न्हेचुङमै अड्किएका छन्।
सिनो हाइड्रो पावर कम्पनीका उपकरण तथा निर्माण सामग्री लिएर आएका १८ वटा १० पाङ्ग्रे ट्रली केही दिनयता भन्सार परिसरमै थन्किएका हुन्। अस्थायी पुलले भारी ट्रलीको भार थेग्न नसक्ने भएकाले भन्सार पार गरे पनि ती ट्रलीहरू अघि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए। उनका अनुसार दसैँ सकिएपछि व्यापारी र आयोजना मिलेर सडक डाइभर्सन बनाउन लागिएको छ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले कोरला नाका सञ्चालनमा आए पनि घमी खोलाको डाइभर्सन नहुँदा ढुवानीमा समस्या परेको बताए। व्यापारीसँग सहकार्य गरेर तत्काल समाधान खोज्ने तयारी भइरहेको उनको भनाइ छ।
सो क्षेत्रमा पुल निर्माणको काम भने वर्षौँदेखि अधुरो छ। विसं २०७५ मा ६ करोड ८० लाख रुपैयाँमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनसँग सम्झौता भए पनि सात वर्षपछि पनि काम पूरा भएको छैन। आयोजनाका अनुसार ४० मिटर लम्बाइको पुलको हालसम्म करिब ७५ प्रतिशत
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया