काठमाडौं । आज बिहानैदेखि देशका विभिन्न भागमा लगातार वर्षा भइरहेको छ। विशेषगरी मधेसदेखि कर्णाली प्रदेशसम्म वर्षाको प्रभाव तीव्र देखिएको छ भने यो क्रम कम्तिमा असोज २० गतेसम्म जारी रहने मौसमविद्हरूले अनुमान गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभावले नेपालमा वर्षा भइरहेको हो। भारतको बिहार र उत्तर प्रदेश हुँदै प्रवेश गरेको बादलको बाहिरी घेराले नेपालभर असर पुर्‍याइरहेको छ।

advertisement

जलवायुविज्ञ धर्मराज उप्रेतिका अनुसार आज दिउँसोदेखि अर्को मौसमी प्रणाली सक्रिय हुने सम्भावना देखिएको छ, जसले केही क्षेत्रमा अझ बढी वर्षा गराउन सक्छ। उनका अनुसार हालको बादलको बाहिरी घेराले लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म प्रभाव पारिरहेको छ भने भित्री घेराले दक्षिणी नेपालतर्फ बढी वर्षा गराउने सम्भावना देखिएको छ।

‘हेटौंडादेखि ललितपुरसम्म मध्यम वर्षा भइरहेको छ, र यो निरन्तर बढ्दै जाने देखिन्छ,’ उप्रेतिले बताए। उनका अनुसार भारततर्फ देखिएको प्रणाली शनिबार बिहानसम्म तराई हुँदै नेपालको पहाडी भागतर्फ सर्ने र शनिबार दिउँसोदेखि अझ सक्रिय हुने सम्भावना बलियो बन्दै गएको छ।

तर, सबै मौसमी मोडेलले एउटै नतिजा नदेखाएको उनले स्पष्ट पारे। “केही मोडेलले अति भारी वर्षाको चेतावनी दिएका छन् भने केहीले मध्यमदेखि भारी वर्षा मात्र देखाएका छन्। वास्तविक अवस्था कसरी अगाडि बढ्छ भन्ने हेर्दै जानुपर्छ,” उनले भने।

मौसमविद्हरूले आगामी दिनहरूमा विशेषगरी लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा भारी वर्षाको उच्च सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com