काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको युद्धविराम योजनाका बारेमा हमासले छलफल गर्न तयार रहेको जनाएको छ। अलजजिराका अनुसार इजरायलको लगभग दुई वर्ष लामो युद्धमा ट्रम्पले प्रस्तुत गरेका २० बुँदे शान्ति सम्झौताको धेरै मुद्दाहरू स्वीकार गरेको, तर केही प्रस्तावका सुधार गर्न थप वार्ता चाहेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्रम्पले प्रस्तावको जवाफ दिन आइतबारसम्मको समय दिएको केही घण्टापछि सशस्त्र समूहले शुक्रबार ट्रम्पको २०-बुँदे युद्ध रोक्ने योजनाको प्रतिक्रिया दिएको हो।
हमासले इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमतिका केही बुँदामा संशोधन आवश्यक तर्क गरेको छ। हमासले शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरूले ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू (जीवित वा मृत) अवस्थामा रिहा गर्न तयार छन् । साथै गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपतिले हमासलाई शान्ति योजना स्वीकार गर्न वा “सबै नरक” को सामना गर्न आइतबारको समयसीमा दिएको केही घण्टापछि घोषणाहरू आएका हुन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल ट्रम्पको योजनाको पहिलो चरण तुरुन्तै कार्यान्वयन गर्ने तयारी गरिरहेको बताएका छन्।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












प्रतिक्रिया