काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै कार्यालय प्रमुखहरूलाई शनिबार (असोज १८ गते) भित्रै कार्यस्थल पुग्न निर्देशन दिएको छ।
सामान्य प्रशासन मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा भनिएको छ, ‘‘वर्षा र सम्भावित विपद्लाई ध्यानमा राख्दै मन्त्रालय अन्तर्गत जिल्लास्तरका कार्यालय प्रमुखहरूले अनिवार्य रूपमा कार्यस्थल उपस्थित हुने व्यवस्था मिलाउनु पर्नेछ। साथै सतर्कता, पूर्वतयारी तथा प्रतिकार्यका लागि तत्काल कदम चाल्न आवश्यक छ।’’
सडक विभागले तीन दिनका लागि राजमार्ग आवागमन बन्द गर्ने निर्णय सार्वजनिक गरेको केही समयमै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
यसै सन्दर्भमा, मन्त्रालयले सबै जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सो निर्देशन तत्काल कार्यान्वयन गर्न विशेष आग्रह गरेको छ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












प्रतिक्रिया