एजेन्सी ।  सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् ।

भूमध्यसागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको जाल बनेको उल्लेख गर्दै, आप्रवासी र शरणार्थीहरूले सामना गर्ने उच्च जोखिमको सम्झना गराउँने संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले नियमित दैनिक ब्रीफिङगमा बताएका छन् ।

advertisement

दुजारिकले १२ वर्ष पहिले, इटालीको टापु लम्पेडुसाको तटमा, ३६८ मानिसहरूले सरल जीवनको खोजी गर्दा समुद्रमा आफ्नो ज्यान गुमाएको तथा करिब ५०० अफ्रिकी आप्रवासी बोकेको माछा मार्ने डुङ्गामा आगो लागेको र लम्पेडुसा नजिकै डुबेको बताएका छन् ।

उनले उक्त समयमा, संयुक्त राष्ट्रका एजेन्सीहरूले परिवर्तनका लागि व्यापक आह्वान र यस्तो त्रासदी फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता रहेको भए पनि हाल समुद्रमा ज्यान गुमाउने हरुको सङ्ख्या बढिरेकोमा शोक व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले त्यसबेला देखि मध्य भूमध्य मार्गमा हरेक हप्ता औसत ४२ जनाको ज्यान गएको जनाएको र ती पाँच जना मध्ये एक जना बालबालिका रहेको जनाएको उनले बताएका छन् ।

संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउन द्वन्द्वलाई सम्बोधन गर्न र सुरक्षित र नियमित आप्रवासन प्रणलीलाई बलियो बनाउनका लागि मानव बेचबिखन गर्नेहरूद्वारा आयोजित खतरनाक समुद्री यात्रामा निर्भरता कम गर्न आवाश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com