काठमाडौं । प्रतिकूल मौसमका कारण यती एयरलाइन्सले आजका सबै उडानहरू रद्द गरेको जनाएको छ। कम्पनीले शनिबार जारी गरेको सूचनामा मौसममा सुधार नआएकाले निर्धारित कुनै पनि उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।
यती एयरलाइन्सले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमायाचना गरेको छ ।
देशका विभिन्न भागमा भइरहेको लगातार वर्षाका कारण हवाई उडान प्रभावित बनेका हुन् ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












प्रतिक्रिया