काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नदी छेउछाउमा बसोवास गर्ने बासिन्दालाई स्कुल कलेजमा राख्न अनुरोध गरेका छन् ।

अविरल वर्षाका कारण नदी क्षेत्रका बासिन्दा जोखिममा परेकाले स्कुल कलेजलाई मन्त्री पुनले अनुरोध गरेका हुन् ।

advertisement

‘बागमती नदी वरिपरिका स्कुल कलेजहरूलाई अनुरोध– बागमती नदी छेउछाउमा बसोवास गर्ने बासिन्दाहरूलाई बाढीले विस्थापन गर्ने ठूलो सम्भावना रहेकोले उनीहरूलाई बाढी नघटुञ्जेल सम्म बस्न अस्थायी व्यवस्था गर्नु पर्ने भएकोले सो क्षेत्रका विद्यालय र कलेजहरूले ठाउँ उपलब्ध गराई दिन बिनम्र अनुरोध छ,’ उनले भने, ‘यसको लागी गृह मन्त्रीज्यूको अनुरोधमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र शाखा प्रमुखहरूलाई मैले निर्देशन दिएको छु ।’

थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन् ।

विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू जस्तै शौचालय, खानेपानी, सुरक्षित स्थान तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com