काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबानको सम्भावित खतरालाई मध्यनजर गर्दै सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आह्वान गरेकी छन्।

जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिनसम्म निरन्तर वर्षा हुने र प्रमुख नदी–नालामा पानीको सतह खतराको तह नाघ्न सक्ने चेतावनी जारी गरेपछि शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो अपिल गरेकी हुन्।

advertisement

उनले जोखिम कम गर्न सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको उल्लेख गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी र प्रशासनिक निकायहरूलाई उद्धार, राहत तथा आपतकालीन सेवाका लागि चौबीसै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई ज्यान र सम्पत्तिको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आधिकारिक स्रोतबाट जारी हुने चेतावनी र निर्देशनलाई पालना गर्न अनुरोध गरिन्।

नागरिक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता दोहोर्याउँदै उनले नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्ने आश्वासन दिइन्।

यससँगै सम्भावित विपदको जोखिम मूल्याङ्कन गर्दै सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com