काठमाडौं । काठमाडौंमा भइरहेको निरन्तर वर्षा र नदी–नालाको बढ्दो बहावका कारण बाढीको जोखिममा परेका नागरिकहरूको व्यवस्थापनमा काठमाडौं महानगरपालिका सक्रिय बनेको छ। महानगरका मेयर बालेन साहले बाढीपीडितलाई विभिन्न विद्यालयमा अस्थायी रूपमा बसोबासको व्यवस्था गरिएको जानकारी दिएका छन्।

उनका अनुसार हालसम्म महानगरभित्रका पाँच विद्यालयमा जोखिमयुक्त बस्तीका बासिन्दालाई अस्थायी आश्रय दिइएको छ। विश्व निकेतन विद्यालयमा ७० जना, गुह्येश्वरी विद्यालयमा ५२ जना, कुलेश्वरको जनविकास विद्यालयमा २५१ जना, महेन्द्र सरस्वती आधारभूत विद्यालय (टेकु) मा २० जना लगायतलाई बसोबास र खानपानको व्यवस्था गरिएको महानगरले जनाएको छ।

advertisement

महानगरको शिक्षा विभागले आवश्यकता परे थप ७० विद्यालयलाई पनि तत्काल प्रयोग गर्न सकिने गरी आश्रय स्थलका रूपमा तयारी अवस्थामा राखिएको बताएको छ।

मेयर साहले जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्दै आवश्यक सहयोग र उद्धार कार्यमा महानगर पूर्ण रूपमा लागिपरेको बताएका छन्।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com