काठमाडौं । मलेसियासँगको पाँच खेलको द्विपक्षीय टी–२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको छ।

आइतबार बायुमस क्रिकेट ओभल रंगशालामा भएको खेलमा मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो।

advertisement

नेपालका लागि रुबी पोदारले सर्वाधिक ३१ रन जोडिन् भने कप्तान इन्दु बर्माले २२ रनको नटआउट योगदान दिइन्। अन्य ब्याटरले ठोस प्रदर्शन गर्न नसक्दा नेपाल लक्ष्यभन्दा १३ रनले पछि पर्‍यो।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा १२० रन बनाएको थियो। मलेसियाकी आइन्ना हमिहाज हसिमले उत्कृष्ट प्रदर्शन गर्दै ५८ बलमा ५ चौकासहित ६१ रनको अर्धशतकीय इनिङ्स खेलिन्।

नेपालका बलरमध्ये कविता जोशी र कविता कुँवरले समान २–२ विकेट लिए।

यसअघि पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी बनेको थियो। पाँच खेलको श्रृंखलामा मलेसियाले अहिले २–१ को अग्रता हासिल गरेको छ। चौथो खेल निर्णायक बन्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com