काठमाडौं । पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका-५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका-६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका-१ मा तीन जनाको मृत्यु भएको हो ।

advertisement

पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ । पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने उनले बताए ।

यसैबीच, पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com