काठमाडाैं । इलाममा गएरातीदेखिको अविरल वर्षाको कारण गएको पहिरोमा पुरिएर इलामका विभिन्न ठाउँमा २८ जनाको शव फेला परेको छ।

सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका ६ मा ६ जना, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३, माइजोकमाइ नगरपालिकामा ८ जना र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको हो।

advertisement

प्रहरीले दिएको जानकारीअनुसार अझै केही व्यक्ति हराइरहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

पहिरोका कारण दर्जनौं घरहरू पुरिएका छन् भने स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सारिँदै छन्।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com