काठमाडाैं । त्रियुगा नदीमा आएको बाढीले सप्तकोशी नगरपालिका–६ का ७० बढी घर डुवानमा परेको छ । चोरिया टोलका ४९ र मुसहरी टोलका २९ घर गरि ७८ घर डुवानमा परेको सो वडाका वडाध्यक्ष नन्दीलाल चौधरीले बताए ।
नदीको पानी ओभरफ्लो भएर ५/६ फिट सम्म घरमा पसेपछि अहिले उनीहरुलाई नजिकको सामुदायिक विद्यालयमा सारिएको उनले बताए ।सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले त्यहाँ ६ परिवार विस्थापित भएको उनले बताए । उनीहरूलाई नजिकको सामुदायिक विद्यालयमा खाने, बस्ने सुविधा मिलाइएको उनले बताए ।
सप्तकोशी नगरपालिका -२मा पनि बाढी पसेको बताएका छन् । त्यहाँको तथ्याङ्क संकलन भइरहेको छ ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












प्रतिक्रिया