काठमाडौं । निरन्तर झरीले राजधानी उपत्यका आक्रान्त बनाइरहेका बेला उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्की स्वयं अग्रपंक्तिमा खटिएका छन्।

अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने डुबान, पहिरो र जनधनको सम्भावित जोखिम न्यूनीकरणका लागि एआइजी कार्की सिपाहीझैँ मैदानमै सक्रिय देखिएका छन्। उनले कन्ट्रोल रुममार्फत सम्पूर्ण परिस्थितिको नियमित निगरानी गर्दै राति अबेरसम्म ड्युटीमा रहेका प्रहरीलाई प्रत्यक्ष भेटेर हौसला बढाएका छन्।

advertisement

कार्कीले जोखिमपूर्ण क्षेत्रमा पुगेर खटिएका प्रहरीलाई आवश्यक निर्देशन दिएका छन् र उपत्यकाको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन्। सामान्यतया उच्च प्रहरी अधिकारीहरू निर्देशनमै सीमित हुने परम्परा बीच एआइजी कार्कीको यस्तो ‘फिल्ड लिडरशिप’ उदाहरणीय मानिएको छ।

उनको सक्रिय उपस्थितिले अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरूमा थप ऊर्जा र आत्मबल थपिएको प्रहरी स्रोतले जनाएको छ।

उपत्यका प्रहरी कार्यालयका अनुसार अविरल वर्षासँगै जोखिम बढ्न सक्ने भन्दै प्रहरी बलले सतर्कता र तयारीलाई उच्च प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com