काठमाडौं । लगातारको वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ। आज बिहानदेखि उपत्यकामा मधुरो घाम लागेपछि सडक, बजार र बस्तीहरूमा पुनः चहलपहल बढेको छ।

हिजोको अविरल वर्षा र बाढीका कारण विस्थापित भएका बासिन्दा अहिले आफ्ना घरमा फर्किन थालेका छन्। डुबानमा परेका घर, पसल र गोदामहरूमा सरसफाइ कार्य जारी छ।

advertisement

बल्खु, कुलेश्वर, कालीमाटी र आसपासका क्षेत्रहरू हिजो बागमती नदीको सतह बढ्दा पानीमुनि परेका थिए। ती क्षेत्रका सुकुम्बासी बस्ती र बजार क्षेत्रका व्यापारीहरूले सामान सुरक्षित स्थानमा सारेका थिए।

कुलेश्वरको डुबान क्षेत्रमा रातभर डुंगा प्रयोग गरेर स्थानीयलाई उद्धार गरिएको थियो। अहिले पनि सुरक्षाकर्मीहरू उद्धार, सरसफाइ र व्यवस्थापनमा सक्रिय रहेका छन्।

मौसमविद्हरूका अनुसार, अब काठमाडौं उपत्यकामा ठूलो वर्षा पर्ने सम्भावना छैन। पानी पार्ने मौसमी प्रणाली पूर्वतिर, विशेषगरी कोशी प्रदेशतर्फ सरेको छ।

वर्षाका कारण अवरुद्ध आन्तरिक हवाई उडानहरू आजबाट पुनः सुरु गर्ने तयारी गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अन्तर्राष्ट्रिय उडानहरू हिजो बेलुकादेखि नै सञ्चालनमा रहेका छन्।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com