काठमाडौं । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले कुनै औपचारिक जिम्मेवारी नभएको व्यक्तिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा निर्देशन दिएको भन्दै आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले संवेदनशील राज्य संयन्त्रमा अनधिकृत व्यक्तिको हस्तक्षेप लोकतान्त्रिक मूल्य र प्रशासनिक मर्यादाको अपमान भएको बताएका छन्।

advertisement

उनले लेखेका छन्, ‘राष्ट्रको संवेदनशील निकायमा बिना पद र बिना अधिकार सरकारी बैठकमा गएर निर्देशन दिने कुरा कुन लोकतन्त्र हो? गृहमन्त्रालय किन मौन छ?’

बस्नेतका अनुसार सरकारी संयन्त्र, नीति र निर्णय गर्ने अधिकार कानुनी रूपमा तोकिएका जिम्मेवार व्यक्तिहरूमै सीमित हुनुपर्छ। आन्दोलन वा व्यक्तिगत प्रचारको नाममा सरकारी संयन्त्रमा हस्तक्षेप गर्नु अनुचित र गैरकानुनी भएको उनको भनाइ छ।

‘विपद् व्यवस्थापन राज्यको गम्भीर जिम्मेवारी हो, स्टण्टबाजी गर्ने विषय होइन,’ उनले भनेका छन्। ‘अनाधिकृत हस्तक्षेपले जनताको विश्वास कमजोर बनाउँछ।’

बस्नेतले सरकारले यस्तो घटनाको तुरुन्त समीक्षा गर्नुपर्ने र राज्यको मर्यादा तथा कानुनको शासन कायम राख्न आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com