काठमाडाैं । जेन जी प्रदर्शनका क्रममा फरार भएका कैदीबन्दीहरुलाई बाँके प्रहरीले खोजी र पक्राउ गर्न सुरु गरेको छ । फरार कैदीबन्दीहरुलाई आफैँ हाजिर हुन आह्वान गरेको प्रहरीले आफैँ उपस्थित नभएपछि खोजी र पक्राउ गर्न थालेको हो ।

जेन जी प्रदर्शनको प्रदर्शनको मौकामा बाँकेको नौबस्ता कारागारबाट भागेर फरार रहेका नेपालगन्ज ९ काँकेगाउँका ज्यान मार्ने उद्योग मुद्दामा थुनुवा रहेका २६ वर्षीय हरकेश खाटिक र खजुरा ६ सिमलघारीका लागूऔषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय तोकिएका २३ वर्षीय मनोज चंदरालाई पक्राउ गरी नौबस्ता कारागारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

advertisement

त्यस्तै कोहलपुर ३ मैटहवाबाट मुगु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ज्यान मार्ने उद्योग मुद्धाको प्रतिवादी जिल्ला मुगु सोरु ३ का ४५ वर्षीय डिलबहादुर धामीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com