स्याङ्जा ।  स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरी घरमा लगेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटमा मरेको भ्यागुतो भेटिएको छ।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, वालिङ नगरपालिका–७, ताप्केका ताराबहादुर थापाले वालिङ नगरपालिका–६ स्थित मिर्दीबाट खरिद गरी लिएको नुनमा सुकेको अवस्थामा मरेको भ्यागुतो भेटिएको हो ।

advertisement

‘बुवा बित्नुभएको थियो, उम्कने दिनमा आफन्तलाई खुवाउन भनी ल्याइएको नुनमा मरेको भ्यागुतो सुकेको अवस्थामा भेटिएको हो’ थापाले भने।

भ्यागुतोको ठाउँमा अन्य वस्तु भएको भए आफूहरूको ज्यान नै जोखिममा पर्न सक्ने अवस्था आउने उनले बताए। सरोकारवालाको लापरबाहीका कारण आफूहरूको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको थापाको गुनासो छ।

घटनाबारे आवश्यक अनुसन्धान शुरु गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिP। ‘वास्तविकता के भएको रहेछ हामी बुझ्ने क्रममा छौँ र आवश्यक निर्णय लिने छौँ ’,

 

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com