काठमाडौं । आईसीसी टी २० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकप छनोट अघि अभ्यास खेलमा व्यस्त नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४स्१५ बजे सुरु हुनेछ। विश्वकपको छनोट अघि नेपाल क्रिकेट संघ क्यानले दुई वटा अभ्यास खेलमा सहभागी गराएको हो।

advertisement

यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

 

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com