काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले जेन-जी जनमत संघ नामक युवा संगठन सक्रिय बनाएको छ।

पार्टी अध्यक्ष राउतले आइतबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै देशमा जारी बाढीपहिरोमा राहत तथा उद्धारका लागि खटिन जेन-जी जनमत संघका युवाहरूलाई आह्वान गरे।

advertisement

उनले जनमत पार्टी भनेकै जेन-जीको पार्टी भएको बताए। ‘अब जे गर्छ, जेन-जीले गर्छ !’ भन्ने नारासहित जनमत पार्टीले यो युवा संगठनमार्फत राजनीतिक र शासकीय सुधारका महत्त्वाकांक्षी एजेन्डाहरू समेत अघि सारेको छ।

जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, निर्वाचनमा राइट टू रिजेक्ट र रिक्लको अधिकार, ३० हजार युवालाई प्रदेश प्रहरीमा भर्ना गर्ने, विज्ञलाई मन्त्री बनाउने तथा न्यायपालिका र संवैधानिक निकायका प्रमुखहरू पनि निर्वाचित हुने जस्ता विषयहरू समावेश छन्।

अध्यक्ष राउतले आफ्नो सामाजिक सञ्जालमा लेख्दै देशमा आएको बाढी, पहिरो र डुबान क्षेत्रमा स्थानीय सरकार, प्रहरी र प्रशासनसँग समन्वय गरी सुरक्षित रूपमा राहत तथा उद्धार कार्यमा खटिन सम्पूर्ण पार्टी पंक्ति र विशेषगरी जेन-जी जनमत संघलाई आह्वान गरे।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com