काठमाडाैं । बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र खोलाको कटानका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक सडक हुँदै सवारीसाधनलाई काठमाडौं पठाइएको छ ।

राजमार्गको अस्थायी सडक हालैको बाढीले बगाएपछि सवारीसाधनलाई दोलखा चरिकोट हुँदै पठाइएको हो ।

advertisement

काभ्रेको रोशी गाउँपालिकाको विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको छ भने नमोबुद्ध र धुलिखेलका क्षेत्रमा पनि सडक भासिएको र बगेको छ ।

बीपी राजमार्ग पूर्ण रूपमा खुल्न अझै केही समय लाग्ने देखिएपछि खुर्कोट-मन्थली-चरिकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com