काठमाडौैं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जेनजीहरुको पार्टी नै जनमत पार्टी रहेको बताएका छन् । अरुले आज जेनजी जेनजी भनिरहेको उल्लेख गर्दै असली जेनजीहरुको पार्टी नै जनमत भएको राउतको दाबी छ । राउतको सचिवालय लेखिएको फेशबुकमार्फत यस्तो दाबी गरिएको छ । जहाँ भनिएको छ,‘अरूले आज जेन–जी जेन–जी भन्दैछन्। जतिबेला जेन–जीलाई अरू कसैले गन्दैनथे, मान्दैनथे, बस्न दिँदैनथे, भाग भनेर भगाउँथे, त्यतिबेला पनि जेन–जीको लीडर डा. सी. के. राउत नै हुनुहुन्थ्यो।’

जेन–जी जनमत संघको घोषणा गर्दै अब जे गर्छ जेन–जीले गर्छ भनेका छन् । अबको समस्याको निकास नै नौलो गणतन्त्रको विकास भएको पनि दाबी गरिएको छ । जनमतले अघि सारेका एजेण्डामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्री, निर्वाचनमा ’राइट टू रिजेक्ट’, ’राइट टू रिकल’ को व्यवस्था, विदेशमा रहेका नेपालीबाट मतदान भनिएको छ । यस्तै, ३०,००० जेन–जी युवालाई प्रदेश प्रहरीमा भर्ना (केन्द्रले सकेन, हाम्रो रक्षा हामी गर्छौं) पनि भनिएको छ ।

advertisement

डिजिटल नेपाल, रोजगारीको व्यवस्था, जेन–जीको अधिकार, प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न, सेवा प्रवाह र विकासमा प्रभावकारी, विज्ञहरू मन्त्रालयमा, सांसद-सभासद मन्त्री नबन्ने, संसदमा ह्वीप लाग्ने, दबाब र स्वार्थ समूहबाट मुक्त संसद्, जनमत–संग्रहबाट पनि ऐन बनाउने, न्यायपालिकामा पनि पार्टी भागबण्डामा सरकारद्वारा न्यायाधीश नियुक्त नभई निर्वाचित हुनेजस्ता एजेण्डा अघि सारिएको छ ।

यस्तै, निर्वाचन आयोग, अख्तियार सहितका संवैधानिक निकायका प्रमुखहरू प्रत्यक्ष निर्वाचित, कर्मचारीतन्त्रको दलीयकरण, भ्रष्टाचार र ढिलासुस्ती हटाउन निजी क्षेत्र जस्तै ’हायर एण्ड फायर’ नीति, सामाजिक लोकतन्त्रको आर्थिक नीति, नियुक्ति, ठेकापट्टा आदिमा ’कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नहुने सुनिश्चितता, पार्टी, नेताको बन्धक र सिन्डिकेटबाट देशलाई मुक्ति, ट्राइब्यूनल गठन गरेर भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन भनेर जनमतले प्रस्ताव अघि सारेको छ ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com