काठमाडाैं । लगातारको वर्षापछि अवरुद्ध बनेको मेची राजमार्ग खोल्न कम्तीमा चार दिन लाग्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गको माईखोलामा सडक सञ्चालनका लागि कम्तीमा चार दिन समय लाग्ने बताएको हो। झापासँगको सीमा क्षेत्र जोरकलशदेखि माईखोलासम्म सडक नबिग्रिए पनि बाढीले माईखोलामा बगाएको कारण यातायात सञ्‍चालनमा समय लाग्ने भएको हो।

advertisement

सडक पूर्णरुपमा अवरुद्ध नभए पनि बाटोमै पहिरो खसेको, पहिरोले बाटो बगाएकोलगायत कारण मर्मतमा समय लाग्ने बताउँदै मन्त्रालयले बिब्ल्याँटेमा सडक मर्मतको काम सुरु भएको जनाएको छ ।

साखेजुङमा पुवाखोलानजिकै सडक बगेको छ भने राक्सेदेखि सुकेटारसम्मको सडकमा खासै क्षति नभएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com