काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

advertisement

‘घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो’ उनले भने, ‘हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ ।’

उनले चुनावमा सहभागी हुने बारे अरू दलहरूसँग पनि संवाद भइरहेको जानकारी दिए । ‘अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ,’ उनले भने ।

बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्‍याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको उनले बताए ।

‘देशभर विपद्ले कहाँ कहाँ कति क्षति भयो भन्ने कुराको जानकारी लिने काम र हामीले गर्नुपर्ने कामको विषयमा छलफल गरिएको छ’ उनले भने, ‘हामी कसरी अघि बढ्नुपर्छ भन्ने बारे केन्द्रीय समितिको बैठकबाट निर्णय गरिसकेका छौँ ।’

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com