काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावबाटै मात्रै संविधान र व्यवस्थाको रक्षा गर्नसक्ने निष्कर्ष निकालेको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले दुई दिनपछि बस्ने सचिवालय बैठकमा थप छलफल हुने बताए ।

माओवादीले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ ।

advertisement

प्रवक्ता सापकोटाले भने, ‘निर्वाचनलाई सफल पार्नको लागि संसदमा भएका सबै पार्टीहरूसँग छलफल भइरहेको छ। घोषित मितिमै निर्वाचन हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ ।’

बैठकमा माओवादीका संयोजक प्रचण्डले समाजवादी मोर्चा विस्तार र विचार मिल्नेहरूसँग एकताको लागि सकारात्मक छलफल भइरहेको ब्रिफिङ गरेको पनि बताए ।

मोर्चामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् ।

बैठकले विपद्पछिको पुनर्निर्माण एक भएर जुट्न आह्वान गरेको छ । देशभर आएको भारी वर्षाले पुर्‍याएको क्षतिको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको पनि बताए ।

राहत उद्धारमा संलग्न पार्टीका वाईसीएललगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको पनि बताए ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com